काठमाडौंः साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ११ दशमलव २२ अंकले बढेको छ । मंगलबार बढेको नेप्से १८५८ दशमलव ७६ विन्दुमा पुगेको छ ।
आज २८५ कम्पनीको ४० हजार ६ सय पटकको कारोबारमा ४३ लाख ३१ हजार कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने ९९ करोड ६५ लाख ८६ हजार रहेको छ ।
त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । २ दशमलव ४६ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३५८ दशमलव १९ विन्दुमा पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया