असार २५, २०८२ बुधबार July 9, 2025

उपराष्ट्रपति यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङको नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बुधबार भएको भेटमा उनिहरूबीच नेपाल र चीन सम्बन्धका विविध आयामबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले तिब्बत स्वशासित क्षेत्र नेपाल र चीनबीचको व्यापार, पर्यटन, संस्कृति र अन्य हितका क्षेत्रमा द्विपक्षीय अन्तक्रियाको प्रवेशद्वार भएको उल्लेख गर्दै जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

“हालै जाजरकोट र रुकुमपश्चिममा गएको विनाशकारी भूकम्पले सयौँको ज्यान जानुको साथै भौतिक पूर्वाधार र सम्पत्तिमा क्षति पुर्‍याएको छ । यस दुःखद् घडीमा साथ दिएकामा म चीन सरकार र जनताको प्रशंसा गर्न चाहन्छु”, भेटमा उहाँले भन्नुभयो, “यस कठिन समयमा जनवादी जनतन्त्र चीन सरकारले प्रदान गरेको सहयोगका लागि म आभार प्रकट गर्दछु ।”

भेटमा चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव जुनझेङले आफ्नो भ्रमण नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा भएको समझदारी कार्यान्वयन गर्ने उद्देश्यले भएको बताएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उनले केही दिनअघिको भूकम्पमा परी निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पुनःनिर्माणमा चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार