श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ४६ हजार नाघ्यो, हालसम्म २० जनाको मृत्यु

सबैभन्दा बढी सङ्क्रमित सुनसरीमा १६ हजार १६० जनामा पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्लो समयमा डेंगु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ ।

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार सङ्क्रमितको सङ्ख्या ४६ हजार नागेको छ । हालसम्म ७७ जिल्लाका ४६ हजार ३१९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा २० जना सङ्क्रमितको मृत्यु भएको ईडीसीडीले जनाएको हो ।

सबैभन्दा बढी सङ्क्रमित सुनसरीमा १६ हजार १६० जनामा पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै, तनहुँमा २५ दिन यता सङ्क्रमितको सङ्ख्या बढेर ६ हजार ८११पुगेको छ । त्यसपछि झापामा ३ हजार ७४१ पुष्टि भएको छ । धादिङमा ३ हजार २३२ जनामा सङ्क्रमण भएको छ ।

यस्तै कास्की २ हजार ७०५ जना, मोरङ २ हजार ३०५ जना, काठमाडौँमा १ हजार ५६९ जनामा सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ । यसैगरी संखुवासभामा ७२४, गोरखामा ७०३ जना र कैलालीमा ६९० जनामा सङ्क्रमित भएको बताइएको छ ।

कुन प्रदेशमा कति ?

सात प्रदेशमध्ये सबैभन्दा बढी सङ्क्रमित कोसी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोसी प्रदेशमा २४ हजार ७८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो समयमा गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या बढेको छ । गण्डकीमा ११ हजार ६२९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसपछि बागमती प्रदेशमा ६ हजार ४८९ जना, सुदूरपश्चिम प्रदेशमा १ हजार ४६६, लुम्बिनी प्रदेशमा १ हजार ८, मधेस प्रदेशमा ६९७, कर्णाली प्रदेशमा १९७ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार