असार २५, २०८२ बुधबार July 9, 2025

भूकम्पबाट ज्यान गुमाएकाहरुको परिवारलाई २ लाख उपलब्ध गराउने कर्णाली सरकारको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कर्णाली प्रदेश सरकारले जाजरकोटमा गएको विनासकारी भूकम्पमा परेर ज्यान गुमाएका हरुको परिवारलाई राहतस्वरुप दुई लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

कर्णाली प्रदेशको आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । गत शुक्रबार राती जाजरकोटको रामिडाँडा केन्द्र भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा शुक्रबारसम्म १५४ जनाको मृत्यु भएको छ। मृतकका परिवारलाई प्रति मृतक २ लाख रुपैयाँ दिने निर्णय प्रदेश सरकारले गरेको हो।

बैठकले घाइतेहरू उपचार खर्च कार्यविधि अनुसार दिने निर्णय पनि गरेको छ। घाइतेको प्रकृति हेरेर खर्च दिने निर्णय भएको बताईएको छ । तिहारपछि घाइतेले उपचार खर्च पाउने छन्। यस्तै मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई तत्काल किरिया खर्च पनि उपलब्ध गराउने निर्णय गरेको छ।

आजको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार एक जना मृतक भएको परिवारले २५ हजार रुपैयाँ किरिया खर्च पाउनेछन्, यदि परिवारका सबै जना मृतक भएको खण्डमा त्यस्ता परिवारलाई ५० हजार रुपैयाँ किरिया खर्च वापत दिने निर्णय भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार