असार १९, २०८२ बिहिबार July 3, 2025

राजनीतिमा ठूलो भूकम्प आउने खतरा छः झलनाथ खनाल

०६२/६३ सालको क्रान्तिपछि वामपन्थीहरुले अवलम्बन गर्नपर्ने नीति र सिद्दान्त अवलम्बन गर्न सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले राजनीतिक क्षेत्रमा पनि ठूलो भूकम्प आउने खतरा रहेको बताएका छन् । आज (शनिबार) समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०६२/६३ सालको क्रान्तिपछि वामपन्थीहरुले अवलम्बन गर्नपर्ने नीति र सिद्दान्त अवलम्बन गर्न नसकेको बताएका हुन् ।

‘हाम्रो देशमा सामाजिक राजनीतिक क्षेत्रमा पनि भूकम्प आउँछ कि भन्ने खतरा बढ्दो छ । किनभने हामीले ०६२/६३ मा देशमा ठूलो क्रान्ति गर्यौं । पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्यौं ।’ उनले भने, ‘त्यो सम्पन्न जुन विन्दुमा भयो, त्यही विन्दुबाट हाम्रो देश समाजवादी क्रान्ति र रुपान्तरको युगमा प्रवेश गरेको छ । हामीले जस्ता प्रकारका नीति, सिद्दान्त लिएर अगाडि बढ्न पर्ने हो त्यो कुरामा ठूलो अलमल भइरहेको महशुस हुन्छ ।’

अहिले देश राजनीतिक रुपले अस्थिरता र दिशाहीन र आर्थिक रुपले संकटग्रस्त अवस्थामा रहेको उनले बताए । सामाजिक, संस्कृतिक रुपले पनि मूलुक संकटग्रस्त अवस्थामा रहेको उनले बताए । देशको मौलिक सस्कृतिमाथि विभिन्न ढंगले प्रहार भइरहेको उनको भनाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मनसुनजन्य विपद्ः विगतमा के भयो, के सिकियो ?
२०८२ असार १९, बिहिबार
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै
२०८२ असार १९, बिहिबार
भोजपुर क्याम्पसलाई छ लाखको स्मार्ट बोर्ड हस्तान्तरण
२०८२ असार १९, बिहिबार
राष्ट्र बैंकद्वारा विनिमय दर सार्वजनिक, युरो १६१.६६ र पाउण्ड १८८.३५ मा कारोबार
२०८२ असार १९, बिहिबार
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो
२०८२ असार १९, बिहिबार
ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा 
२०८२ असार १९, बिहिबार
एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत
२०८२ असार १९, बिहिबार