असार १, २०८१ शनिबार June 15, 2024

मुगुमा हिमपातपछि जनजीवन कष्टकर

गत वर्ष भन्दा यो वर्ष चाँडै हिमापात भएपछी स्थानीय प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः माथिल्लो मुगुको मुगमकार्मारोङ  गाउँपालिकामा हिमपात भएको छ। यसअघि असोज ३० गते  हिमपात भएको स्थानीय पेमा लामाले जानकारी दिनुभयो।  गत वर्ष भन्दा यो वर्ष चाँडै हिमापात भएको उहाँले बताउनुभयो।

हिमपातले गर्दा  चिसो बढेको मुगमकार्मारोङ गाउँपालिका वडा नम्बर २ का तोेर्चे लामाले  बताउनुभयो। शनिबारको तापक्रम माइसन सात डिग्री पुगेको छ।

जिल्लाको उत्तरी भेगमा पर्ने मुगुगा, डोल्पुगाउँमा हिमपातले सेताम्मे भएको छ। जिल्लाका अन्य केही गाउँ बस्तीमा भने तिहारको टीका लगाउने दिन नजिकै आउनलाग्दा चिसो बढेपछि बजारमा  मालसामान किन्न जाने सेवाग्राही समस्यामा परेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया