मंसिर १६, २०८० शनिबार December 2, 2023

नेपाल टेलिकमको आम्दानी घट्यो, खुद मुनाफामा पनि ह्रास

चालू आवमा रु ३९ करोड १२ लाख ९७ हजार कमी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकमको आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा रू ३९ करोड बढी आम्दानी घटेको छ।

टेलिकमले आज सार्वजनिक गरेको प्रथम त्रैमासिकको वित्तिय विवरणअनुसार चालु आवको प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कूल आय रू १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रहेको जनाइएको छ ।

उक्त रकम गत आवको सोही अवधिको कूल आयको तुलनामा तीन दशमलव ५४ प्रतिशतले कमी भएको हो। गत आवमा रू ११ अर्ब चार करोड ९० हजार आम्दानी भएको थियो। उक्त आम्दानीको तुलनामा चालू आवमा रु ३९ करोड १२ लाख ९७ हजार कमी भएको टेलिकमले जनाएको छ।

कम्पनीको कूल सञ्चालन आय पनि रू ४९ करोड २५ लाख २१ हजार घटेको छ। चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको कूल सञ्चालन आय रू आठ अर्ब ५८ करोड ५० लाख ६३ हजार रहेको छ।

उक्त रकम गत आवको सोही अवधिको कूल सञ्चालन आय रू नौ अर्ब सात करोड ७५ लाख ८४ हजारको तुलनामा रू ४९ करोड २५ लाख २१ हजार (अर्थात्, ५.४३ प्रतिशत) ले कमी भएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको खुद मुनाफामा पनि कमी आएको जनाएको छ। कम्पनीको खुद मुनाफा प्रथम तीन महिनामा रू दुई अर्ब दुई करोड ७४ लाख ३२ हजार रहेको छ।

उक्त रकम गत आवको सोही अवधिमा रू दुई अर्ब २२ करोड ५५ लाख छ हजार रहेको थियो । गत आवको तुलनामा चालू आवमा रू १९ करोड ८० लाख ७४ हजार (अर्थात, ८.९० प्रतिशत) ले कमी भएको छ।

कम्पनीको प्रतिशेयर आम्दानी यस त्रैमासिक अवधिमा रू ४५।०५ रहेको छ । चालु आवमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुका प्रमुख कारणमा ओटिटी सेवाको बढ्दो प्रयोग रहेको जनाइएको छ।

राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको जनाइएको छ।

सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएका कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर पर्नुका साथै बैंक व्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब कमी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार