मंसिर १६, २०८० शनिबार December 2, 2023

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना

उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भाइटीकाको दिन बुधबार दिउँसो देशका अधिकांश स्थानको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै भूकम्प प्रभावित कर्णाली प्रदेशको जाजरकोट र रूकुम पश्चिम लगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदेशको उत्तर पश्चिम पट्टिको भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

उक्त क्षेत्रमा अधिकतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको महाशाखाले जानकारी गराएको छ । देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि मौसमविद्ले अनुरोध गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार