श्रावण ७, २०८२ बुधबार July 23, 2025

उच्च रक्तचाप भए के गर्ने ? जानी राखौं

समय समयमा शारीरिक परीक्षण र नियमित औषधि सेवन गरे उच्च रक्तचाप समस्या कम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नियमित शारीरिक परीक्षण र औषधि सेवन गरेमा उच्च रक्तचापले अरू समस्या नल्याउने चिकित्सकहरुले बताएका छन् । उच्च रक्तचाप आफैँमा समस्या नभएर यसले अरू अङ्गलाई असर गर्ने जनाउँदै उनीहरुले नियन्त्रणमा राख्न सके समस्या नआउने बताएका हुन् ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. दिपाकंर प्रजापतिले समय समयमा शारीरिक परीक्षण र नियमित औषधि सेवन गरे उच्च रक्तचापले समस्या नल्याउने बताए । उनले उच्च रक्तचाप भएकाहरुले मुख्य गरी मुटु, मिर्गाैला, मधुमेह, कोलेस्ट्रोल र थाइराइडको अवस्थाका बारेमा समय-समयमा परीक्षण गरेर हेर्नुपर्ने बताए ।

उच्च रक्तचाप हुने खास कारण कसैलाई थाहा नहुने जानकारी दिँदै उनले भने, “उच्च रक्तचाप हुने धेरै कारण हुन्छन्, ९५ प्रतिशत मानिसमा उच्च रक्तचापको कारण थाहा हुँदैन ।” पाँच प्रतिशतमा बाहिरी कारण हुने जनाउँदै उहाँले मिर्गाैला, थाइराइडको रोग र इन्डोक्राइमसम्बन्धी रोग (हर्माेनको वृद्धि) का कारण उच्च रक्तचाप हुन सक्ने जानकारी दिए । उनले भने, “बाथ रोगमा उपयोग हुने स्टेरोइड भन्ने औषधि धेरै समयसम्म प्रयोग गरेपछि उच्च रक्तचाप हुन सक्छ ।”

दैनिक जीवनशैली र मोटोपनाका कारणले पनि उच्च रक्तचाप हुन सक्छ । यी सबैबाहेक केही नभएकालाई पनि उच्च रक्तचाप हुन सक्ने उनी बताउँछन् । वंशजका आधारमा पनि उच्च रक्तचाप हुनसक्ने डा. प्रजापतिको भनाइ छ । उनले भने, “उच्च रक्तचाप हुनु आफैँमा ठूलो कुरा होइन, अर्थात् रोग लाग्नु ठूलो कुरा होइन, रोग लागिसकेपछि उपचार र रोकथाम ठूलो कुरा हो ।”

रक्तचाप भनेको रगतका नली (रक्तनाली) मा चाप पर्ने हो । रक्तनली शरीरका सबै भागमा पुगेका हुन्छन् । त्यही भएर रक्तचापले शरीरका सबै भागमा असर गर्दछ । उनले भने, “मिर्गाैला फैलिएर गराउन सक्छ, दिमागमा स्टक गरेर प्यारालाइसिस गराउन सक्छ, हातखुट्टाका नसा बन्द भएर नसै काट्नुपर्ने समस्या आउन सक्छ ।”

चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीले उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ भनिने जनाउँदै विना कुनै लक्षण पनि यसले शरीरमा गम्भीर रोग निम्त्याउन सक्ने बताए ।

उनले भने, “विश्वमै उच्च रक्तचापको अवस्था बढिरहेको छ, पहिला १० प्रतिशत, २० प्रतिशत उच्च रक्तचापका बिरामी थिए, अहिले बढ्दै गएर एक सयमा ३६ प्रतिशतसम्ममा उच्च रक्तचाप देखिन थालेको छ”, उनले भने, “मुटुले रगत फ्याँक्ने क्रममा रक्तनलीको भित्तामा दबाब पर्छ, त्यो दबाबलाई खासमा रक्तचाप भनिन्छ, नलीमा बग्ने रगत उत्तिकै छ, तर नली विभिन्न कारणले साँघुरो हुन पुग्यो भने रगतले नलीलाई दिने चाप बढ्छ ।”

डा. लौडारीका अनुसार यसरी रक्तनलीमा बढेको चाप नै उच्च रक्तचाप (हाई बिपी) हो । त्यसका कारण मुटु, मिर्गौला, मस्तिष्क र आँखामा जटिलता जस्ता विभिन्न स्वास्थ्य समस्याले अकालमै जीवन क्षति हुनसक्छ ।

उच्च रक्तचाप भएमा टाउको दुख्ने, चक्कर लाग्ने, थकान महसुस हुने, टाउको भारी हुने, नाकबाट रगत बग्ने, अनिद्रा, मुटुको धड्कन बढ्ने, छाती भारी हुने, श्वास लिन कठिनाइ हुने, अचानक डर लाग्ने, आँखा धमिलो हुनेजस्ता लक्षण देखापर्ने उनको भनाइ छ ।

वयस्क व्यक्ति हरेकले कम्तीमा पनि एक वर्षमा एक पटक आफ्नो रक्तचाप अनिवार्य जाँच गराउन डा. लडौरीले सुझाव दिए । यसो गरे भविष्यको सम्भावित दुर्घटनाबाट बच्न सकिने जनाउँदै उनले उच्च रक्तचाप भएको व्यक्ति चिकित्सकसँग नियमित परामर्शमा रहनुपर्ने बताए । उनले, “यदि कसैको घरमा उच्च रक्तचापका बिरामी छन् भने उसको घरपरिवार झन् बढी सजक हुनुपर्छ, परिवारको सबैले समयसमयमा उच्च रक्तचाप जँचाउनुपर्छ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार