कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

आचार्यका चार भाईले दिदीलाई तिहारमा दिए बीमा पोलिसी दक्षिणा

आफ्नो दिदीलाई तिहारमा बीमा पोलिसी उपहार स्वरुप हस्तान्तरण गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पछिल्लो समय बीमा पोलिसीलाई उपहारको रुपमा दिने प्रचलन बढ्दो रुपमा भित्रिएको छ । बदलिदो समय अनुसार विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको हो ।

यसैबीच काठमाडौंको टोखा नगरपालिकाका ४ भाईहरुले आफ्नो दिदीलाई तिहारमा बीमा पोलिसी उपहार स्वरुप हस्तान्तरण गरेका छन् । भाइहरुले उनको जीवन रक्षावरणको उदेश्यले बीमा पोलिसी उपहार दिएका हुन् ।

तिहारमा दिदी पबित्रा आचार्यलाई भाईहरु राम प्रसाद आचार्य, हरि आचार्य, उमेश आचार्य र पेशल आचार्यले सूर्यज्योति लाइफ इन्स्योरेन्सबाट ५ लाख बीमाङकको बीमा पोलिसी उपहार दिएका हुन् ।इन्स्योरेन्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया