श्रावण ७, २०८२ बुधबार July 23, 2025

भेरि अस्पताल पुगेर अन्तरध्वनी नेपालको टोलीद्वारा भूकम्पका घाइतेलाई मनोपरामर्श

अध्यक्ष शर्मासँगै सचिव सुजिता खनाल लगायतको टोली जाजरकोट र रुकुम पश्चिम पुगेर मनोपरामर्श प्रदान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज, ३ मंसिर । राहत प्रदानका लागि भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाने क्रममा अन्तरध्वनी नेपाल नामक संस्थाको टोलीले नेपालगञ्जस्थित भेरि अस्पताल पुगेर त्यहाँ उपचाररत बिरामीलाई भेटेको छ।

स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको संस्थाले जाजरकोट पुगेर सहयोगका साथै भूकम्प पीडितलाई मनोपरामर्श प्रदान गर्ने संस्थाकी अध्यक्ष जमुना शर्माले बताइन्। ‘हामीले भूकम्प प्रभावित क्षेत्रमा जाँदै गर्दा बाटोमा भेरि अस्पताल पुगेर त्यहाँ उपचाररत बिरामीलाई पनि मनोपरामर्श प्रदान गरेका छौं। यस्तो समयमा आत्मविश्वास बलियो बनाउँदा सहजै दैविक विपतबाट परेको पीडालाई शक्तिमा बदल्न सकिन्छ’, शर्माले भनिन्।

अध्यक्ष शर्मासँगै सचिव सुजिता खनाल लगायतको टोली जाजरकोट र रुकुम पश्चिम पुगेर मनोपरामर्श प्रदान गर्ने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार