श्रावण ७, २०८२ बुधबार July 23, 2025

अल–शिफा अस्पतालबाट एकतीस शिशुको उद्धार,तीन सय बिरामी र पच्चीस स्वास्थ्यकर्मी अझै अस्पतालभित्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास) को नियनत्रणमा रहेको गाजा पट्टीका उच्च स्वास्थ्य अधिकारीले अल–शिफा अस्पताललाई ‘मृत्यु क्षेत्र’ का रूपमा उल्लेख गर्दै महिना नपुगी जन्मिएका त्यहाँ रहेका सबै ३१ जना शिशुलाई आइतबार उक्त अस्पतालबाट बाहिर निकालिएको बताएका छन् ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीसीआरएस) ले विश्व स्वास्थ्य सङ्गठनलगायत संयुक्त राष्ट्रसङ्घीय निकायसँगको समन्वयमा उद्धार कार्य गरेको जनाएको छ ।

गाजास्थित अस्पतालका महानिर्देशक मोहम्मद जाकुतले एएफपीसँग भन्ननुभयो, “अल–शिफा अस्पतालमा रहेका र महिना नपुगी जन्मिएका सबै ३१ जना शिशु, तीन चिकित्सक र दुई जना नर्ससहित उनीहरूलाई बाहिर निकालिएको छ ।

उनीहरूलाई इजिप्ट लाने तयारी भइरहेको उहाँले बताउनुभयो ।

गत अक्टोबर ७ मा एक हजार ४०० जनाको ज्यान जाने गरी भएको आक्रमणमा संलग्न हमास लडाकू समूहलाई ध्वस्त पार्न सैन्य कारबाही (प्रत्याक्रमण) चलाएको बताउने इजरायली सेनाले हमासले अस्पताललाई आधार शिविरका रूपमा प्रयोग गर्ने गरेको दाबी छ ।

इजरायलको सैन्य अभियानअन्तर्गत भएको कारबाहीमा १२ हजार ३०० भन्दा बढीको ज्यान गइसकेको हमासको स्वास्थ्य प्राधिकरणले जनाएको छ ।

पीसीआरएसले भनेको छ, “हाम्रो टोलीले नवजात शिशुहरूलाई ‘सफलतापूर्वक अस्पतालबाट बाहिर निकालेको’ छ । अल–शिफाबाट महिना नपुगि जन्मिएका ३१ जना शिशुलाई पीआरसीएस एम्बुलेन्समार्फत दक्षिणतर्फ लगिएकोे छ ।”

डब्लूएचओले एक विज्ञप्ति जारी गर्दै अस्पतालमा एक मूल्याङ्कन टोली पठाएको र यसलाई ‘डेथ जोन’ को रूपमा वर्णन गरेको छ । साथै, ‘बाँकी बिरामीहरू, कर्मचारीहरू र उनीहरूका परिवार’को तत्काल उद्धारका लागि आफ्नो समूहले योजना बनाइरहेको छ ।

गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाका निर्देशकले इजरायली सेनाले अस्पताल खाली गर्न आदेश दिएको बताएपछि सयौं मानिस अस्पतालबाट भागेका थिए ।

इजरायलले उक्त भनाइ अस्वीकार गरेको छ ।

एएफपीका एक पत्रकारले घटनास्थलमा बिरामी, घाइते र विस्थापित हरूको भीड समुद्री किनारतर्फ हिँडिरहेको देखेको बताए । प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले १२० जना बिरामीहरू अझै अस्पतालमा रहेको बताएको छ ।

अस्पतालका एक चिकित्सक अहमद अल–मोखल्लालाटीले शनिबार एक्स (ट्वीटर)मा लेख्नुभएको छ, “धेरै बिरामीहरू सघन उपचार कक्ष (आईसीयू) वा ‘बेबी इन्क्युबेटर’मा भएका कारण अस्पतालबाट बाहिर निकाल्न सकिँदैन ।

अल–शिफाको अवलोकन भ्रमणपछि डब्लुएचओले २९१ जना बिरामी र २५ जना स्वास्थ्यकर्मी अझै पनि अस्पतालभित्रै रहेको जनाएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार