मंसिर १६, २०८० शनिबार December 2, 2023

मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या बढ्दै

नेपालमा अन्धोपनाको संख्या बढ्नुका पछाडि मधुमेह मुख्य कारण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः पछिल्ला वर्षमा मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या पनि बढ्दै गएको छ । मधुमेहका बिरामीको आँखाको पर्ने असरबारे सन् २०२० मा गरिएको अध्ययन प्रतिवेदन अनुसार १९.४ प्रतिशत मधुमेहका बिरामीको आँखामा पनि असर परेको पाइएको हो ।

तीमध्ये ५० प्रतिशतमा गम्भीर असर परेको पाइएको छ। मुलुकका मुख्य आँखा अस्पताल पुगेका बिरामीमा गरिएको अध्ययनबाट यस्तो तथ्यांक आएको हो । नेपाल अन्धोपना सर्वेक्षण १९८५ अनुसार मुलुकमा विभिन्न कारणले आँखाको दृष्टि गुम्नेको संख्या तीन प्रतिशत थियो भने सन् २०११ मा यो संख्या बढेर नौ प्रतिशत पुगेको छ ।

नेपालमा अन्धोपनाको संख्या बढ्नुका पछाडि मधुमेह मुख्य कारण भएको तिलगंगा आँखा अस्पतालकी आँखाको पर्दा विशेषज्ञ डा. एली प्रधान बताउँछिन् । ‘उपचारको सहजता र चेतनाका कारण रोगीको संख्या घटनुपर्नेमा उल्टै बढ्नका पछाडि मधुमेह नै मुख्य कारण हो,’ उनले भनिन् । आजको नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार