श्रावण ८, २०८२ बिहिबार July 24, 2025

प्यालेस्टिनी अधिकारी र मुस्लिम राष्ट्रको प्रतिनिधिमण्डल चीन भ्रमणमा

चार मुस्लिम बाहुल्य मुलुकका विदेश नीतिसम्बन्धी उच्च अधिकारीहरू चीन जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इजरायल र हमासबीच जारी द्वन्द्वका कारण हजारौँ सर्वसाधारणको ज्यान गइसकेको अवस्थामा ‘प्यालेस्टिनियन अथरिटी (पीए)’ र चार मुस्लिम बाहुल्य मुलुकका विदेश नीतिसम्बन्धी उच्च अधिकारीहरूले सोमबार र मङ्गलबार चीनको भ्रमण गर्ने बेइजिङले घोषणा गरेको छ ।

भ्रमण दलमा वेस्ट बैंकस्थित प्यालेस्टिनियन अथरिटी’, साउदी अरब, जोर्डन, इजिप्ट र इन्डोनेसियाका विदेशमन्त्रीका साथै इस्लामिक सहयोग सङ्गठनका महासचिव पनि सहभागी हुने छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भ्रमणका क्रममा चीनले अरब र इस्लामी मुलुकका विदेशमन्त्रीहरूको संयुक्त प्रतिनिधिमण्डलसँग गहन संवाद र समन्वय गरी प्यालेस्टाइन–इजरायलबीचको द्वन्द्वलाई कम गर्न, नागरिकको सुरक्षा गर्न र प्यालेस्टिनी मुद्दाको न्यायोचित समाधान गर्न सहयोग गर्नेछ ।

गत अक्टोबर ७ मा एक हजार ४०० जनाको ज्यान जाने गरी भएको आक्रमणमा संलग्न हमास लडाकू समूहलाई ध्वस्त पार्न सैन्य कारबाही (प्रत्याक्रमण) चलाएको बताउने इजरायली सेनाले हमासले अस्पताललाई आधार शिविरका रूपमा प्रयोग गर्ने गरेको दाबी छ ।

इजरायलको सैन्य अभियानअन्तर्गत भएको कारबाहीमा १२ हजार ३०० भन्दा बढीको ज्यान गइसकेको हमासको स्वास्थ्य प्राधिकरणले जनाएको छ । दुवैतर्फ हताहत हुनेमा अधिकांश सर्वसाधारण रहेका छन् ।

गत महिना युद्ध सुरु भएपछि चिनियाँ विदेशमन्त्री वाङ यीलगायत चिनियाँ अधिकारीहरूले तत्काल युद्धविराम गर्न र स्थितिलाई ‘शान्त’ बनाउन आह्वान गरेका छन् ।

चीनले ऐतिहासिक रूपमा प्यालेस्टिनीहरूप्रति सहानुभूति राख्दै आएको छ र इजरायल–प्यालेस्टिनी द्वन्द्वको दुई–राज्य समाधानको समर्थन गरेको छ ।

गत महिना वाङले प्यालेस्टिनी विदेशमन्त्री रियाद अल-मलिकीसँग कुरा गर्दै बेइजिङले प्यालेस्टिनी पक्षप्रति गहिरो सहानुभूति व्यक्त गरेको बताएका थिए । पीएको गठन एक स्वतन्त्र प्यालेस्टिनी राज्यको दिशामा पहिलो कदम थियो ।

तर सन् २००७ मा हमासले हिंसात्मक तरिकाले सत्ताच्युत गरेको गाजामा यसको कुनै प्रभाव छैन र पश्चिम किनारामा उसको सामान्य प्रभाव छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले गाजाको तटीय क्षेत्र र इजरायलको कब्जामा रहेको वेस्ट बैंकलाई एउटै ’पुनरुत्थान’ प्रशासनअन्तर्गत ल्याउनुपर्ने तर्क गरेको केही दिनपछि प्रतिनिधिमण्डल चीन आउन लागेको हो ।रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार