श्रावण ७, २०८२ बुधबार July 23, 2025

शिक्षामन्त्री राईको त्रिवि शिक्षण अस्पतालमा कानको शल्यक्रिया

डा. रविन्द्रभक्त प्रधानांग नेतृत्वको टोलीले साढे ४ घण्टा लगाएर शल्यक्रिया सम्पन्न गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कानको शल्यक्रिया गरिएको छ । उनको कानमा समस्या आएपछि कानको शल्यक्रिया गरेर ‘कोक्लियर’ राखिएको हो ।

त्रिवि शिक्षण अस्पतालको नाक, कान, घाँटी विभागका डा. रविन्द्रभक्त प्रधानांग नेतृत्वको टोलीले साढे ४ घण्टा लगाएर शल्यक्रिया सम्पन्न गरेका हुन् ।

डा. प्रधानांगका अनुसार प्रत्यारोपण गरिएको मेसिन र बिरामीको शारीरिक प्रतिक्रिया सकारात्मक रहेको मन्त्री राईको सचिवालयले जानकारी दिएको छ ।

कानको श्रवण शक्तिलाई सुधार गर्न ‘कोक्लियर’ यन्त्र कानको भित्री भागमा शल्यक्रिया गरेर राख्ने गरिन्छ ।

मन्त्री राईलाई सोमबार राति पोस्ट अपरेसन वार्डमा राखिने र ३ दिनसम्म आगन्तुक भेटघाटहरू पूर्णत बन्द गर्न डाक्टरहरूको सुझाव रहेको पनि सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार