काठमाडौँः नेपाली सुनचाँदी बजारमा आज मंगलबार सुन–चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन अर्थात् सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ बढेको हो ।
मंगलबार छापावाल सुनको मूल्य पाँच सय रूपैयाँले बढेर प्रतितोला एक लाख १६ हजार रूपैयाँ दुई सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोछ । हिजो छापावाल सुन प्रतितोला एक लाख १५ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १५ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख १५ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रूपैयाँले बढेर १४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया