श्रावण ८, २०८२ बिहिबार July 24, 2025

हुथी बिद्रोहीले अपहरण गरेको कार्गो जहाज भारत आउँदै गरेको खुलासा

जहाजमा युक्रेन, बुल्गेरिया, फिलिपिन्स र मेक्सिकोका नागरिक रहेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँदिल्ली, ५ मंशिर । यमनका हुथी विद्रोहीले अपहरण गरेको बिमान भारत आउँदै गरेको खुलेको हो । टर्कीबाट भारत आउँदै गरेको एउटा जहाज आइतबार अपहरण गरेको भारतीय मिडियाले जनाएका छन ।

रेड सीमा बन्धक बनाएको ६२० फिट अग्लो कार्गो जहाजको नाम ग्यालेक्सी लिडर हो र यसमा २५ जना चालक दलका सदस्य रहेका छन् ।

घटना हुनुअघि हुथी समूहले इजरायली जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो। हुथी विद्रोहीका प्रवक्ताले इजरायलको तर्फबाट यात्रा गर्ने सबै जहाजलाई निशाना बनाइने बताएका छन् ।

तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त जहाज आफ्नो नभएको र जहाजमा इजरायली वा भारतीय नागरिक नभएको बताएका छन् । कतारी मिडिया हाउस अलजजिराका अनुसार यो कार्गो जहाज बेलायतको हो र जापानी कम्पनीले सञ्चालन गरिरहेको थियो ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)का अनुसार बहामासको झण्डामुनि यात्रा गर्ने जहाज बेलायती कम्पनीको नाममा दर्ता भएको हो। इजरायली व्यापारी अब्राहम उनगर यसको आंशिक शेयरधारक हुन्। हाल यो जापानी कम्पनीलाई भाडामा दिइएको थियो।

इजरायली विदेश मन्त्रालयका अनुसार जहाजमा युक्रेन, बुल्गेरिया, फिलिपिन्स र मेक्सिकोका नागरिक रहेका छन् । योसँगै इजरायली प्रधानमन्त्रीको कार्यालयले यसलाई आतंकवादी घटना भन्दै इरानलाई दोष दिएको छ ।

उही समयमा हुथी सेनाका प्रवक्ता याह्या सारीले भनेका छन् कि उनीहरूले जहाजमा रहेका सबै बन्धकहरूलाई इस्लामिक सिद्धान्त र विधिका साथ ह्यान्डल गरिरहेका छन्। उनीहरुले फेरि लाल सागरमा इजरायली जहाजलाई निशाना बनाउने धम्की दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
केपी कठोर, विद्या ‘पर्ख र हेर’
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार