श्रावण ८, २०८२ बिहिबार July 24, 2025

इजरायल र हमासबीच ५० बन्धकलाई रिहा गर्ने सहमति

गाजामा इजरायली सेनाले गरेको सैन्य कारवाहीमा हालसम्म ५ हजार बालबालिका सहित १४ हजारभन्दा बढी मानिस मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा गाजामा बन्दी बनाएका ५० जनालाई रिहा गर्ने सहमति भएको छ ।

बुधबार बिहानसम्म चलेको लामो बैठकपछि इजरायलको मन्त्रिपरिषद्ले हमाससंगको सम्झौतालाई अनुमोदन गरेको हो । इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ इजरायल सरकार सबै बन्धकहरुलाई घर फर्काउनका लागि प्रतिबद्ध छ ।

महिला र बालबालिका गरी ५० बन्धक चार दिनभित्र रिहा हुने र यसक्रममा लडाइ रोकिने समेत जनाईएको छ । त्यसको बदलामा इजरायलले १ सय ५० जना प्यालेस्टायनी कैदीहरुलाई छोड्नु पर्ने बताइएको छ ।

इजरायली सेनाका अनुसार उनीहरुले उत्तरम जबालियालाई घेरेका छन् । गाजामा इजरायली सेनाले गरेको सैन्य कारवाहीमा हालसम्म ५ हजार बालबालिका सहित १४ हजारभन्दा बढी मानिस मारिएका छन् ।

यसैगरी हमासले इजराइलमा गरेको आक्रमणमा परी १ हजार २ सय जनाको मृत्यु हुनुका साथै २ सयभन्दा बढीलाई बन्धक बनाइएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
केपी कठोर, विद्या ‘पर्ख र हेर’
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार