श्रावण ८, २०८२ बिहिबार July 24, 2025

चीन र उरुग्वेबीच रणनीतिक साझेदारी बढाउने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः “चीन र उरुग्वेबीच रहँदै आएको सम्बन्धलाई ‘व्यापक रणनीतिक साझेदारी’ का रूपमा परिणत गर्ने सहमति भएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङ र उरुग्वेका समकक्षी लुइस लाकाले पोउबीच बुधबार भएको भेटवार्तामा उक्त सहमति भएको हो ।

चीन उरुग्वेको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो जहाँ यसले पूर्वाधारमा अरबौं डलरको लगानी गरिरहेको छ । यो लगानी ल्याटिन अमेरिकामा बेइजिङको निरन्तर बढ्दो प्रभावसँग मेल खान्छ ।

“चीन र उरुग्वेबीच ‘व्यापक रणनीतिक साझेदारी’ लाई व्यापक बनाइएको छ,” सीलाई उद्धृत गर्दै सरकारी प्रसारक सिसिटिभीले लेखेको छ ।

चीनले ल्याटिन अमेरिकालाई प्राकृतिक स्रोतहरूको विश्वव्यापी खोजीको एक भागको रूपमा लक्षित गरेको छ, धेरै देशहरू चीनको दशक लामो ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ पूर्वाधार परियोजनामा सामेल भएका छन् ।

ब्राजिल, अर्जेन्टिना र पराग्वेसहित उरुग्वे दक्षिण अमेरिकी व्यापारिक समूह मर्कोसुरको एक भाग हो ।

चीनसँग स्वतन्त्र रूपमा व्यापारिक सम्झौता गर्ने इच्छाले विगतमा सहकर्मी सदस्यहरूको विरोध र समूह फुट्न सक्ने अफवाहहरू समेत मोन्टेभिडियोले फैलाएको थियो ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाको नेतृत्वमा ब्राजिलले चीनसँगको बलियो सम्बन्धलाई पुनः पुष्टि गरेको छ ।

तर अर्जेन्टिनाका नवनिर्वाचित राष्ट्रपति जेभियर माइलीले आफ्नो चुनावी अभियानका क्रममा चीनसँग सम्बन्ध तोड्ने धम्की दिनुभएको थियो भने पाराग्वेले ताइवानसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ ।

सीले बुधबार चीन–उरुग्वे सम्बन्धलाई ‘ऐक्यबद्धता र सहयोगको नमूना’ बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

सञ्चारमाध्यमलाई दिएको टिप्पणीमा ल्याकाले पोउले आफ्नो देशले हालै चीनमा आफ्नो कूटनीतिक उपस्थिति लाई मजबुत बनाएको उल्लेख गर्दै ’बहुआयामिक सम्बन्ध’लाई अझ प्रगाढ बनाउन चाहेको बताउनुभयो ।

उनले ब्रिक्सको उदीयमान अर्थतन्त्रले सांघाईमा मुख्यालय रहेको संस्था न्यू डेभलपमेन्ट बैंकमा सामेल हुन उरुग्वेले कदम चालेको बताए ।  उहाँले सीलाई अर्को वर्ष उरुग्वे भ्रमणको निम्तो पनि दिनुभएको छ । रासस/एएफपि

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार