श्रावण ८, २०८२ बिहिबार July 24, 2025

हिन्द महासागरमा इजरायली पानीजहाजमा ड्रोन हमला, चालक दलका सबै सकुशल

‘माल्टा–झण्डा भएको जहाजलाई त्रिकोण आकारको, बम बोक्ने शाहेद–१३६ ड्रोनले लक्षित गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

न्युयोर्क, ९ मंशीर । इजरायली स्वामित्वको जहाजलाई संदिग्ध ड्रोन आक्रमणमा निशाना बनाइएको छ ।

अमेरिकी अधिकारीका अनुसार एक संदिग्ध ड्रोन आक्रमणले हिन्द महासागरमा इजरायली अर्बपतिको स्वामित्वमा रहेको कन्टेनर जहाजलाई हमला गरेको हो ।

गुप्तचर मामिलाहरूमा छलफल गर्न नाम न छाप्ने सर्तमा एसोसिएटेड प्रेससँग कुरा गर्ने रक्षा अधिकारीले भने, ‘माल्टा–झण्डा भएको जहाजलाई त्रिकोण आकारको, बम बोक्ने शाहेद–१३६ ड्रोनले लक्षित गरेको हो ।

‘अन्तर्राष्ट्रिय जल क्षेत्रमा ड्रोन विस्फोट भयो, जहाजलाई क्षति पुर्‍यायो तर यसको चालक दललाई कुनै चोटपटक लागेन,’ ती रक्षा अधिकारीले भने ।

‘हामी स्थितिलाई नजिकबाट अनुगमन गर्न जारी राख्छौं,’ अधिकारीले भने। अमेरिकी सेनाले आक्रमणको पछाडि इरानको हात रहेको विश्वास किन गर्‍यो भनेर ती अधिकारीले बताउन अस्वीकार गरे।

अल मायादीन एक प्यान अरब उपग्रह च्यानल, जुन राजनीतिक रूपमा इरान समर्थित लेबनानी समूह हिजबुल्लाहसँग सम्बद्ध छ, उसको रिपोर्ट अनुसार इजरायली जहाजलाई हिन्द महासागरमा लक्षित गरिएको थियो।

सो च्यानलले रिपोर्टको लागि अज्ञात स्रोतहरू उद्धृत गर्दै समाचार प्रसारण गरेका थिए, पछि इरानी मिडियाले पनि समाचार बनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
केपी कठोर, विद्या ‘पर्ख र हेर’
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार