श्रावण ८, २०८२ बिहिबार July 24, 2025

इजराइली सेनाद्वारा पश्चिम किनारमा आठ जनाको हत्या गरेको प्यालेस्टिनी मन्त्रालयको दाबी

करिब २० वर्षमा पश्चिम किनारमा यो सबैभन्दा घातक इजराइली हमला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : इजराइली सेनाले उसले कब्जा गरेको पश्चिम किनारमा २४ घन्टाको अवधिमा आठ प्यालेस्टिनीलाई मारेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ ।

जेनिनमा ठूलो सङ्ख्यामा सशस्त्र सवारी साधनसहित घुसपैठ गरेर इजराइली सेनाले पाँच जनाको गोली हानी हत्या गरेको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार करिब २० वर्षमा पश्चिम किनारमा यो सबैभन्दा घातक इजराइली हमला थियो ।

चिकित्सा स्रोतले १५ मानिस घाइते भएको एएफपीलाई बताएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार एक इजराइली ड्रोनले जेनिनको शरणार्थी शिविरमा हवाई आक्रमण गरेको थियो ।

अन्य प्रत्यक्षदर्शीहरूका अनुसार शनिबार इजराइली सेनाले जेनिनको सार्वजनिक अस्पताल र इब्न सिना क्लिनिकलाई घेरेको थियो र सैनिक एम्बुलेन्स खोजिरहेको थियो । उनीहरूले स्वचालित हतियारका साथ ठूलो लडाइँ भएको पनि जानकारी दिए ।

इजराइली सेनाले उसले पश्चिम किनारको उत्तरमा रहेको प्यालेस्टिनी सशस्त्र समूहरूको गढ जेनिन शरणार्थी शिविरमा रातभर ‘आतङ्कवादीविरोधी गतिविधिहरू’ गरेको बताएको छ । अगस्टमा दुई इजराइलीको हत्या गर्ने आक्रमणका संदिग्ध अपराधीलाई पक्राउ गरेको सेनाले बताएका छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयलका अनुसार शनिबार जेनिन नजिकै कबातियामा एक २५ वर्षीय चिकित्सकको उनको घरबाहिर हत्या भएको छ ।

रामल्लाह सहर नजिकै एल–बिरेहमा एक प्यालेस्टिनीको पनि मृत्यु भएको र नाब्लसको दक्षिणमा एक गाउँमा इजराइली सेनाको हमलाका त्रममा अर्का एक प्यालेस्टिनीको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासले इजराइली सीमापार गरेको हमलापछि पश्चिम किनारमा हिंसा बढेको देखिएको छ । हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय मानिस मारिएका थिए ।

हमास सरकारका अनुसार इजराइलले गाजामा बमबारी र स्थल कारवाहीका साथ प्रतिक्रिया दिएको छ । इजराइली आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब १५ हजार मानिस मारिएका छन् ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा पश्चिम किनारमा दुई सय ३० भन्दा बढी प्यालेस्टिनीहरूलाई इजराइली बासिन्दा र सैनिकले मारेका छन् ।एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार