काठमाडौंः नेपाल न्यूरो सर्जन समाजको नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिकाे अध्यक्षमा डा. यमबहादुर रोका चयन भएका छन् ।
समाजकाे उपाध्यक्षमा प्रा.डा. राजीव झा र डा. सुदन ढकाल चयन भएका छन् । त्यस्तै सचिवमा डा. गोपाल सेडाई चयन भएका छन् । डा. सुरज थुलुङ्ग र र डा. प्रकाश काफ्ले सह सचिव र कोषाध्यक्षमा डा. विनोद राजभण्डारी चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा डा. अनिस मान सिंह, डा. मनिष कोलाक्षपति, डा. माया भट्टचन, डा. राजीव शाह, डा. प्रत्युश श्रेष्ठ र डा. समीर अर्याल रहेका छन् । समाजले नियमित प्रकाशन गर्ने जर्नलको प्रमुख सम्पादकमा डा. रेशा श्रेष्ठ रहेकी छन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया