श्रावण ६, २०८२ मंगलबार July 22, 2025

टिकापुरमा पहिलाे पटक ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबीन शल्य चिकित्सा) विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ ।

जानकी गाउँपालिका–७ गोलौरीकी ५३ वर्षीया रामकृष्णी महतोको ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

महताको तीन वर्षदेखि पाठेघरमा समस्या थियो । निकै दुःख झेलिरहेकी महतोले टीकापुरमै दुरबिनको सहायतामा शल्यक्रिया गर्न पाएपछि खुसी हुनुभएको छ ।

“पेट चिर्नुपर्छकि भनेर डराएकी थिएँ । टीकापुर अस्पतालमा पेट नचिरेरै शल्यक्रिया हुन्छ भनेर डाक्टरले भनेपछि शल्यक्रिया गर्न तयार भएँ”, उहाँले भन्नुभयो, “समयमै उपचार पाएँ । खुसी लागेको छ । तीन दिनमै हिँडडुल गर्न सक्छु । अस्पताल परिवारलाई धन्यवाद दिन चाहन्छु ।”

महतोका छोरा कृष्णले उपचारका लागि बाहिर जानु नपर्दा सहज भएको बताउनुभयो । “अन्य जिल्लामा उपचारका लागि जानु परेको भए खर्च धेरै हुन्थ्यो । हाम्रो आर्थिक अवस्था कमजोर भएकाले यही उपचार हुँदा सहज भएको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा भएकाले उपचार खर्च कम लागेको हो ।”

चिकित्सकका अनुसार सामान्यतया दुरबीनको माध्यमबाट पेट नचिरी सानो–सानो प्वाल बनाएर गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपिक विधि भनिन्छ ।

अस्पतालमा पहिलो पटक यो विधिबाट पाठेघरको शल्यक्रिया गरिएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सञ्जयकुमार दासले बताउनुभयो । “टीकापुरमा पहिलो पटक शल्यक्रिया गरिएको हो ।

बिरामीलाई करिब तीन वर्षदेखि पाठेघरमा समस्या रहेछ । लामो उपचार गर्दा पनि आराम नभएपछि पाठेघरको शल्यक्रिया गर्नुपरेको हो”, उहाँले भन्नुभयो, “पेटमा तीन ठाउँमा प्वाल बनाएर शल्यक्रिया गरिएको छ । उहाँलाई शल्यक्रिया गरिएको तीन दिनमै घर पठाएका छौँ ।”

शल्यक्रियामा अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञद्वय डा दास, डा नारायण पौडेल, एनेस्थेसियोलोजिस्ट डा अनु शर्मा, सहायक एनेस्थेसियोलोजिस्ट सन्तोषराज जोशी, ममता रावत, स्वास्थ्यकर्मी पुष्प धमाला, सुमित्रा पुनमगर, अर्चना शाह, रोशनी पुनमगर, रङ्गीना चौधरीलगायत प्रसूति बार्डका नर्सहरुको टोली खटेको थियो ।

डा दासले दुरबिनबाट शल्यक्रिया गर्दा छोटो समयमा नै बिरामी घर फर्कन र सामान्य काम गर्न सक्ने हुने तथा कम जोखिम हुने बताउनुभयो ।

“ल्याप्रोस्कोपिक शल्यक्रिया अर्थात दूरबीन शल्य चिकित्सा पद्दतिद्वारा गरिने शल्यक्रिया बिरामीका लागि बरदान सावित भएको छ”, उहाँले भन्नुभयो, “यो विधि बिरामीलाई अधिक आराम र सुविधा दिन विकास गरिएको पछिल्लो प्रविधि हो ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार