श्रावण ७, २०८२ बुधबार July 23, 2025

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई भ्रष्टाचार मुद्दामा सफाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानको एक उच्च अदालतले गत महिना स्वनिर्वासनबाट फर्केका पटकसम्म पाकिस्तानको प्रधानमन्त्री भएका नवाज सरिफविरुद्ध लगाइएको भ्रष्टाचारको अभियोग बुधबार खारेज गरिदिएको छ ।

आगामी फेब्रुअरीमा हुने चुनावअघि आफ्नो नाम सफाइ दिने प्रयासमा भ्रष्टाचारको अभियोगमा दोषी ठहरिएका सरिफ अहिले जमानतमा हुनुहुन्छ भने उहाँका मुख्य प्रतिद्वन्द्वी इमरान खान जेलमा हुनुहुन्छ ।

“मैले सबै मामिला अल्लाहमा छोडेको थिएँ र अल्लाहले आज मलाई सम्मान गर्नुभएको छ,” सरिफले इस्लामाबाद उच्च अदालतबाहिर पत्रकारसँग भन्नुभयो ।

इस्लामाबाद उच्च अदालतका एक अधिकारीले एउटा मुद्दामा सफाइ पाएको पुष्टि गरेका छन् भने शरिफले स्टिल कम्पनीमा लगानी गरेको आरोपमा दोस्रो सजायका लागि अपिल गर्नुभएको छ ।

सरिफलाई सन् २०१८ मा आफ्नो परिवारले लण्डनमा फ्ल्याट खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाइएको थियो ।

सन् २०१७ मा आफ्नो आम्दानीको केही अंश घोषणा गर्न नसकेको भन्दै उहाँलाई राजनीतिबाट आजीवन प्रतिबन्ध लगाइएको थियो ।

तीन पटक प्रधानमन्त्री भइसकेका तर कार्यकाल पूरा नगरेका सरिफले यो आरोप राजनीतिक प्रर्वाग्रहबाट प्रेरित भएको बताउँदै आउनुभएको छ ।

पाकिस्तानको सैन्य प्रतिष्ठानसँग उहाँको सम्बन्धमा वृद्धि भएसँगै उहाँको राजनीतिक भाग्य पुनः उदय भएको छ पाकिस्तानको सैन्य प्रतिष्ठानले पाकिस्तानको इतिहासको आधाभन्दा बढी समय प्रत्यक्ष रूपमा शासन गरेको र असीम शक्तिको आनन्द लिइरहेको छ ।

राजनीतिक विश्लेषक हसन अस्करीले भन्नुभयो, “अब सबै कुरा नवाज सरिफको पक्षमा अघि बढिरहेको छ ।”

“यो शक्तिशाली व्यक्तित्व र संस्थाहरूद्वारा सञ्चालित राजनीतिक खेल जस्तो देखिन्छ”, उहाँले एएफपीसँग भन्नुभयो, “खानको सेनासँगको शानदार सम्बन्ध विच्छेद हुनु सरिफको भाग्य परिवर्तनको अवसर बनेको छ ।”

क्रिकेटका प्रसिद्ध पूर्व खेलाडीसमेत रहेका खानलाई अर्को वर्ष हुने निर्वाचनमा प्रतिस्पर्धाबाट रोक्नको लागि योजना बनाइएको भनिने धेरै मुद्दामा जेल चलान गरिएको छ ।

नवाज सरिफका कान्छा भाइ शहबाज खानलाई सत्ताच्युत गर्दै विपक्षी दलहको गठबन्धनको नेतृत्व गरी पाकिस्तानको सत्तामा आउनुभएको थियो ।

त्यो सरकारले कानुनमा परिवर्तन गर्दै सांसदहरूलाई चुनाव लड्न अयोग्य ठहरिने प्रावधानलाई पाँच वर्षसम्म सीमित ग¥यो र सरीफको पुन ः आगमनका लागि मार्ग प्रशस्त गर्यो ।एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार