श्रावण ७, २०८२ बुधबार July 23, 2025

कम्बोडियाद्वारा एक अर्ब ५० करोड डलरको कोइला परियोजना रद्द गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कम्बोडियाले १.५ अर्ब डलरको कोइला परियोजनाको तयारी रद्द गरेको कम्बोडियाका ऊर्जा मन्त्री केओ रोटानाकले बुधबार एएफपीसँग बताउनुभएको छ ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बिहीबार परियोजना रद्द गर्ने घोषणा गर्ने रोटानाकले बताउनुभयो । नोम पेनले यसको सट्टा तरलीकृत प्राकृतिक ग्याँस (एलएनजी) आयात गर्न टर्मिनल निर्माण गर्नेछ ।

“कम्बोडिया सन् २०५० सम्ममा पृथ्वीमा मानव हस्तक्षेपका कारण हुने हरितगृह ग्यास उत्सर्जनलाई शुन्यमा झार्ने विश्व समुदायको प्रतिवद्धता हासिल गर्न सक्दो प्रयास गर्नेछ,” रोटानाकले सामाजिक सञ्जालमार्फत जारी एक सन्देशमा भन्नुभएको छ ।

“त्यो भन्दा पहिले हाम्रो पहिलो गन्तव्य एकीकृत रणनीतिको भागको रूपमा ऊर्जा दक्षता र विद्युतीकरण कार्यक्रमहरूलाई सन् २०३० सम्ममा कम्तिमा ७० प्रतिशत नवीकरणीय उर्जा उत्पादन गर्नु हो । यसका लागि ७०० मेगावाटको बोटम साकोर प्लान्ट कोह कोङ प्रान्तको दक्षिणपश्चिम तटमा रहेको संरक्षित आरक्षमा जमिनमा निर्माण गर्ने योजना बनाइएको थियो ।”

रोटानाकले भन्नुभयो, “यसलाई रद्द गर्ने घोषणा प्रधानमन्त्रीले सोही क्षेत्रमा जलविद्युत बाँधको शिलान्यास समारोहमा गर्नुहुनेछ, र कोप २८ छलफलमा देशहरूलाई सन्देश पठाउने उद्देश्य राखिएको छ ।

कम्बोडियाले यसअघि नयाँ कोइला प्लान्ट विकास नगर्ने प्रतिबद्धता जनाएको थियो, यद्यपि यसले बोटम साकोर सुविधा र देशको उत्तरमा अर्कोसहित विद्यमान योजनाहरूप्रति प्रतिबद्ध रहेको बताएको थियो ।

ग्लोबल इनर्जी मोनिटरको कोइला प्लान्ट ट्र्याकरका अनुसार दुई युनिटको बोटम साकोर प्लान्ट सन् २०२५ को आसपासमा अनलाइनमा आउने तयारी थियो ।

डिसेम्बर २०२१ मा, कम्बोडियाले सन् २०५० सम्ममा शुद्ध शून्य कार्बन उत्सर्जन हासिल गर्ने आफ्नो कार्यदिशा प्रकाशित गरेको थियो ।

कम्बोडियाको विद्युत प्राधिकरणका अनुसार सन् २०२२ मा कोइलाले कम्बोडियाको कुल विद्युतको ३५.५ प्रतिशत उत्पादन गरेको थियो ।एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार