श्रावण ११, २०८१ शुक्रबार July 26, 2024

देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला

देशमा देखिएको भ्रष्टाचारले आमनगरिकको अनुहारमा खुसी छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालमा देखिएको भ्रष्टाचारलाई हटाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले आयोजना गरेको जिल्ला सम्मेलन कार्यक्रमलाई आज सम्बोधन गर्दै नेता कोइरालाले नेपाली नागरिकमा देखिएको निराशापनले देशको आर्थिक, सामाजिक पक्षलाई सुधार गर्न सङ्केत गरेको बताए ।

उनले भने- “देशलाई भ्रष्टाचारमुक्त बनाउन पाए मात्र देश विकासको गतिमा जान्छ । कृषि प्रधान देश भन्छौ तर किसानकै लागि ठूलाठूला समस्या छन् । देशमा देखिएको भ्रष्टाचारले आमनगरिकको अनुहारमा खुसी छैन ।”

देशमा भ्रष्टाचार छ भन्छौँ तर कहाँ छ ? भन्ने कुरामा पुग्न नसकेकोे नेता डा.कोइरालाको भनाइ छ । नेता कोइरालाले भने– “स्थानीय तह आएपछि वडा र पालिकाबाट मात्रै भ्रष्टाचार भएकोे भनेका छौँ । सङ्घीयता हटाउनका लागि तलबाट भ्रष्टाचार भएको धेरैले भनेका छन् । तर भ्रष्टाचार त केन्द्रदेखि नै रहेको छ ।”

सङ्घीयता विरोधीले मात्र स्थानीय तहमा भ्रष्टाचार भयो भनेर हल्ला फिँजाएको उनले बताए । ठूलो–ठूलो भ्रष्टाचार केन्द्रबाटै रहेको उनको भनाइ छ । सङ्घीयता आयो तर अधिकार विहीन सङ्घीयताले देशमा परिवर्तन हुन नसकेको कोइरालाको भनाई छ । सबै अधिकार केन्द्रमै सीमित गरेर कसरी सङ्घीयताको अनुभूति हुन्छ ? भनी प्रश्न गर्नुहुँदै नेता कोइरालाले अधिकारसहितको सङ्घीयता लागू गर्न आवश्यक रहेको बताए ।

नेता कोइरालाले गुटगत राजनीति गरेर कांग्रेस सफल नहुने बताए । विसं २०८४ को लागि लिएको मिसन (लक्ष्य) लाई पूरा गर्न गुटगत राजनीति पार्टीबाट फाल्नुपर्नेमा उनले जोड दिए । विसं २०८४ को निर्वाचना कांग्रेस एक्लै चुनाव लड्नुपर्ने आवश्यकता रहेको नेता कोइरालाले बताए । पार्टीमा देखिएको विभिन्न आन्तरिक समस्यालाई समाधान गर्नका लागि पार्टीले एकपटक बसेर छलफल गरी योजना बनाएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

कांग्रेसका जिल्ला सभापति अर्जुन पोखरेलको अध्यक्ष्तामा भएको कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरी, दिनेश कोइराला, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, महामन्त्री विक्रम खनाल, भीमबहादुर थापालगायतले कार्यक्रममा सम्बोधन गर्दै पार्टी एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार