श्रावण ७, २०८२ बुधबार July 23, 2025

कोप २८ : सहभागी तीन राष्ट्रपतिद्वारा बेलारूसी नेता लुकाशेन्कोसँग तस्बीर खिच्न अस्वीकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पोल्याण्ड, लाट्भिया र लिथुआनियाका राष्ट्रपतिहरूले बेलारूसका नेता अलेक्जेन्डर लुकासेन्कोको उपस्थितिमा आयोजित कोप–२८ जलवायु शिखर सम्मेलनमा विश्वका नेताहरूसँग सामूहिक फोटो खिच्न अस्वीकार गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी छलफलका लागि दुबईमा भेला भएका राष्ट्र तथा सरकार प्रमुखहरूले रूसले युक्रेनविरूद्ध लादेको युद्धमा युक्रेनको पक्षमा रहेको र लुकाशेन्कोले बेलारूसको विपक्षीमाथि दमन गरेको र रूससँग सहकार्य गरेको भन्दै कोप २८ मा सामुहिक तस्वीर खिचाएर गरिने परम्परागत उद्घाटन समारोह बहिष्कार गर्नुको कारणको रूपमा उद्धृत गरेका छन् ।

लिथुआनियाका राष्ट्रपति गीतानास नौसेदाले एएफपीसँग भन्नुभयो, “यसलाई पारिवारिक फोटो भनिन्छ । लुकाशेन्को जुन परिवारको सदस्य हुन चाहन्छन्, त्यो परिवारका सदस्य होइनन् ।”

“युक्रेनविरुद्ध रूसको आक्रामकताको मञ्च बनेको राष्ट्रप्रमुखसँग काँधमा काँध मिलाएर उभिनु र विश्वको भविष्य र जलवायु परिवर्तनबारे केही नभएको जस्तो गरी छलफल गर्नु पाखण्डी हुनेछ,” वाउसेदाले भन्नुभयो ।

पूर्व सोभियत गणराज्यहरू लिथुआनिया र लाटभिया रूस र क्रेमलिनको सबैभन्दा मुखर आलोचकहरूमध्ये एक हुन् र कीएभलाई दिइने सैन्य सहायतामा वृद्धि गर्नुपर्छ भन्ने राज्य हुन् ।एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार