श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेपालमा ३० हजार एचआइभी संक्रमित – पुरुषको संख्या १६ हजार

१४ वर्ष मुनिका बालबालिकाको संख्या १ हजार २ सय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा एचआइभी संक्रमितहरुको संख्या ३० हजार रहेको छ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार सन् २०२२ को अन्त्यसम्ममा नेपालमा यो संख्या एचआइभी संक्रमित रहेको जनाएको छ।

१९८८ देखि प्रत्येक वर्षको डिसेम्बर १ का दिन मनाउँदै आएको विश्व एड्स दिवस यस वर्षको ३६ औं दिवस ‘समुदायको नेतृत्वमा एड्स अन्त्य’ नाराका साथ नेपालमा पनि मनाइएको छ।

त्यसै अवसरमा राष्ट्रिय मानवअधिकार आयोगले संक्रमित व्यक्तिको मानवअधिकार अवस्थाको निरन्तर अनुगमन गरिरहेको जनाएको छ।

पछिल्लोपटक आयोगले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका संक्रमित व्यक्ति र सरोकारवालासँग जानकारी लिएको छ।

नेपालमा एचआइभीको मुख्य जोखिम समूहभित्र सुईबाट लागू पदार्थ लिने व्यक्त, पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष, ट्रान्सजेण्डर व्यक्ति, पुरुष यौनकर्मी, महिला यौनकर्मी, प्रवासी पुरुष श्रमिक र उनीहरुका परिवारका सदस्य छन्।

युएन एड्स प्रतिवेदन २०२२ र जसमा १४ वर्ष मुनिका बालबालिकाको संख्या १ हजार २ सय रहेका छन्। १५ वर्ष माथिका महिलाहरुको संख्या १३ हजार रहेको छ भने पुरुषहरुको संख्या १६ हजार रहेको बताइएको छ।

वयस्क जनसंख्यामा एचआइभी संक्रमण दर ०.११ प्रतिशत रहेको छ। नेपालका २९ वटा कारागारमा ९७ पुरुष र १४ महिला गरी १११ जना एचआइभी संक्रमित कैदीबन्दी छन्।

एड्सका कारण वार्षिक मृत्यु दर ५ सय भन्दा कम, महिला मृत्यु दर १ सय भन्दा कम र पुरुष मृत्यु दर ५ सय भन्दा कम रहेको मानवअधिकार आयोगले उल्लेख गरेको छ। आयोगले मानवअधिकारको प्रभावकारी सम्मान, संरक्षण तथा सम्बद्र्धनका लागि तीव्र गति प्रणालीअनुसार प्रभावकारी ढंगले कार्य अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार