श्रावण ७, २०८२ बुधबार July 23, 2025

इजरायलद्वारा दक्षिणी गाजामा अहिलेसम्मकै भीषण आक्रमण, १ सय ९३ जनाको मृत्यु

जवाफी कारवाहीका क्रममा हालसम्म गाजामा १५ हजार २ सयभन्दा बढी मानिस मारिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अस्थायी युद्धविराम सकिएपछि युद्धमा फर्किएको इजरायलले दक्षिणी गाजाको खान युनिसमा भारी बमबारी गरेको छ । खान युनिसको बमबारी युद्ध शुरु भएयताकै भारी बमबारी भएको स्थानीयले बताएका छन् ।

गाजाका पूर्वी शहरहरुमा रहेका सर्वसाधारणलाई इजरायली सेनाले सो क्षेत्र खाली गर्न निर्देशन दिएका छन् । पूर्वी गाजाका नागरिकहरुलाई दक्षिणतर्फ जान भनिएको छ । गाजाका पूर्वी शहरहरुमा हमासका नेताहरु लुकेर बसेको आशंका इजरायलको छ । सो क्षेत्रमा दक्षिणी गाजा छोडेर आएका कयौं सर्वसाधारण बसोबास गरिरहेका छन् ।

गाजामा हमासद्धारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको पछिल्लो आक्रमणमा परी १ सय ९३ जनाको मृत्यु भएको छ ।

एक साता लामो अस्थायी युद्धविराम सकिए लगत्तै शुक्रबारबाट इजरायलले पुनः जवाफी कारवाही शुरु गरेको छ । गत अक्टोबर ७ हमासले इजरायलमा गरेको आक्रमणमा १ हजार २ सय जनाको मृत्यु भएको छ भने २ सय ४० जनालाई बन्धक बनाइएको छ ।

इजरायलले गरेको जवाफी कारवाहीका क्रममा हालसम्म गाजामा १५ हजार २ सयभन्दा बढी मानिस मारिएका छन् । मारिनेमा ६ हजारभन्दा बढी बालबालिका रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया