कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुन चाँदीको मुल्य ह्वात्तै बढ्यो, सुन तोलामै एक लाख २० हजार नाघ्यो

कतिमा हुँदैछ कारोवार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एकै दिन सुनको मूल्य १८ सयले बढेर तोलाकै एक लाख २० हजार नाघेको छ ।

बुधवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८ सय रुपैयाँ कायम भएको हो । जहाँ यसअघि प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँ हालसम्मकै उच्च मूल्य थियो ।

त्यस्तै अघिल्लो दिन शुक्रवार मात्रै प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बढेर एक लाख २० हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी आज चाँदी तोलामा हालसम्मकै उच्च एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया