श्रावण ६, २०८२ मंगलबार July 22, 2025

स्थायी बन्ध्याकरण घुम्ती शिविरमा २७ जनाले गराए बन्ध्याकरण

नरैनापुरमा ११ र राप्तीसोनारीमा १६ जनाले स्थायी बन्ध्याकरण गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल परिवार नियोजन सङ्घ बाँकेको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालय बाँकेले सन्तानको रहर पुगेका दम्पतीका लागि सञ्चालन गरेको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा २७ जनाले स्थायी बन्ध्याकरण गराएका छन् ।

स्वास्थ्य कार्यालयले हालसम्म नरैनापुर र राप्तीसोनारीको एक–एक ठाउँमा गरेर दुई ठाउँमा आयोजना गरेको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा आएर २७ जना महिला पुरुषले स्थायी बन्ध्याकरण गराएका हुन् । तीमध्ये नरैनापुरमा ११ र राप्तीसोनारीमा १६ जनाले स्थायी बन्ध्याकरण गराएका हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले दिनुभएको जानकारीअनुसार नरैनापुर गाउँपालिकाको गङ्गापुर स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा ८ जना महिला र ३ जना पुरुष गरेर ११ जनाले स्थायी बन्ध्याकरण गराएका छन् । राप्तीसोनारी गाउँपालिकाको कमैया डाँडामा रहेको स्वास्थ्य केन्द्रमा आयोजित शिविरमा १५ जना महिला र एक जना पुरुष गरेर १६ जनाले स्थायी बन्ध्याकरण गराएका छन् ।

उहाँले स्थायी बन्ध्याकरण घुम्ती शिविरलाई निरन्तरता दिँदै मङ्सिर १८ गते राप्तीसोनारी अस्पतालमा शिविरको आयोजना गरिने बताउनुभयो । सोही प्रकारले बेतहनी स्वास्थ्य चौकीमा २० गते, नगर अस्पताल कोहलपुरमा २२ गते, नौवस्ता स्वास्थ्य चौकीमा २४ गते, सम्झनाचोक बजार व्यवस्थापन समिति भवनमा २६ गते, प्राथमिक स्वास्थ्य केन्द्र खजुरामा २८ गते, बेलभार स्वास्थ्य चौकीमा ३० गते र नेपाल परिवार नियोजन सङ्घमा पुस २ गते शिविर आयोजना गरिने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

सो शिविरमा महिलाका लागि मिनिल्याव र पुरुषका लागि भ्यासेक्टोभी सेवा प्रवाह गरिएको पनि सो कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार