श्रावण ७, २०८२ बुधबार July 23, 2025

वीर अस्पतालको निमित्त निर्देशकमा डा. थापा नियुक्त

वीर अस्पतालका सहायक निर्देशक थापालाई अर्कौ व्यवस्था नहुनजेल सम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रजिष्ट्रार डा. ज्ञानेन्द्र शाहका अनुसार वीर अस्पतालका सहायक निर्देशक थापालाई अर्कौ व्यवस्था नहुनजेल सम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्डानका उपकुलपति डा भुपेन्द्र बस्नेतले दैनिक प्रशासनिक कार्य संचालन गर्ने गरी थापालाई निमित्त निर्देशक नियुक्त गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया