श्रावण ७, २०८२ बुधबार July 23, 2025

गाजा माथी ‘इजरायली अपराध’ छानबिन गर्नु पर्ने कतारको माग

कतारले अर्को युद्धविरामलाई सहज बनाउन र घेरामा परेको एन्क्लेभमा स्थायी युद्धविराममा पुग्ने प्रयास जारी राख्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कतार । कतारले गाजामा इजरायली अपराधको बारेमा तत्काल, बृहत् र निष्पक्ष अन्तर्राष्ट्रिय अनुसन्धान गर्न आह्वान गरिरहेको बताएका छन्।

प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले पनि आइतबार अल जजिरालाई भने कि कतारले अर्को युद्धविरामलाई सहज बनाउन र घेरामा परेको एन्क्लेभमा स्थायी युद्धविराममा पुग्ने प्रयास जारी राख्नेछ।

इजिप्ट र संयुक्त राज्य अमेरिकाको सहयोगमा कतारको मध्यस्थतामा भएको एक हप्ता लामो इजरायल–हमास युद्धविरामले २ सय ४० प्यालेस्टिनी कैदीहरूको सट्टामा ८० इजरायली बन्दीहरूलाई रिहा गरेको थियो।

तर, शुक्रबारदेखि पुनः इजरायलले गाजामा आफ्नो आक्रमणलाई तीव्र पारेको छ । सरकारी मिडिया अधिकारीले अल जजीरालाई बताए अनुसार गत २४ घण्टामा इजरायली आक्रमणमा ७०० प्यालेस्टाइनीहरू मारिएका छन्।

दुबै पक्षले सम्झौताका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएर शुक्रबार युद्धविराम समाप्त गरेका थिए ।

इजरायलले कतारबाट मोसादका वार्ताकारहरूलाई तानेपछि शनिबार गाजामा थप युद्धविरामको सम्भावना अन्धकार देखियो  । जबकि हमासका उपनेताले अल जजीरालाई भने कि यसले जेलमा परेका प्यालेस्टाइनीहरूलाई इजरायली बन्दीहरूको अदलाबदलीमा थप वार्ता नगर्ने बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया