श्रावण ७, २०८२ बुधबार July 23, 2025

भारतको दक्षिणी तटीय क्षेत्रमा भारी वर्षा र आँधीका कारण ६ जनाको मृत्यु

आँधीका कारण चेन्नाइ शहरका धेरै आवासीय क्षेत्रहरु बाढी पसेर जलमग्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारी वर्षा र तीव्र आँधीका कारण भारतको दक्षिणी तटीय क्षेत्रमा धेरै मानिसको मृत्यु भएको हुनसक्ने बताइएको छ ।

तमिलनाडु र आन्ध्र प्रदेश राज्यका तल्लो क्षेत्र विशेष गरी तटीय क्षेत्रमा बसोबास गर्ने हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । आँधीका कारण चेन्नाइ शहरका धेरै आवासीय क्षेत्रहरु बाढी पसेर जलमग्न भएको छ । कारहरु बगेका छन् भने रुखहरु उखेलिएका छन् ।

आँधी र बाढीकै कारण भारतकै सबैभन्दा व्यस्त विमानस्थल चेन्नइको विमानस्थल हिजो संचालन हुन सकेन । चेन्नई प्रहरीले हालसम्म ६ जनाको मृत्यु भएको जनाएको छ । आँधीका कारण संरचनाहरु ढल्दा र करेन्ट लागेर मानिसको मृत्यु भएको हो ।

भारी वर्षाका कारण चेङ्गलपट्टु शहरमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको समाचार छ । मिचुङ नामक आँधी आज विहान आन्ध्र प्रदेशबाट जमिनमा अवरतण गर्ने अनुमान गरिएको छ । यसको गति १ सय १० किलोमिटर प्रतिघन्टा रहनेछ ।

आँधीले बढी असर पुर्‍याउने आन्ध्र प्रदेश र तामिलनाडुका विद्यालय, कलेज, बैंक लगायतका सार्वजनिक निकायहरु हिजै देखि बन्द गरिएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया