असार २९, २०८२ आइतबार July 13, 2025

राजनीतिक दलका नेताहरूले देशको समृद्धिका लागि राम्रो काम गर्न सकेनन् : अध्यक्ष तिमिल्सिना

अब ४० वर्षमुनिका युवा प्रधानमन्त्री हुनु पर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलका नेताहरूले देशको समृद्धिका लागि राम्रो काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । राजनीतिक व्यवस्था परिवर्तनमा ठूलो त्यागसहितको सङ्घर्ष गरेका नेताहरूले देशको समृद्धिका लागि भने राम्रो काम गर्न नसकेको उहाँकाे भनाइ थियाे ।

आज मङ्गलवार काठमाण्डाैमा आयोजित बाल क्लबका पूर्वसदस्यहरूको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले युवा पुस्तालाई देशको सुशासन र समृद्धिका लागि सङ्घर्ष गर्न पनि आग्रह गर्नुभयो । युवाहरू विदेश जानै हुन्न भन्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै उहाँले त्यहाँको सीप, ज्ञान र अनुभवलाई लिएर राष्ट्र निर्माणका लागि स्वदेशमै फर्कनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘व्यवस्था परिवर्तनमा राजनीतिक दलका नेताहरूकाे महत्त्वपूर्ण योगदान रह्यो तर समृद्धिका लागि राम्रो काम गर्न सकिएन । अब समृद्धिको खाका हामीसँग छ भनेर युवा पुस्ताले हस्तक्षेप गर्नुपर्‍याे । अमेरिका, बेलायत गएर पढेर आउने हो । युरोप, अस्ट्रेलिया, जापान, चीनमा गएर पढेर आउनुहोस् । त्यहाँ सिक्ने हो । त्यहाँबाट सिकेर आएर स्वदेशमा प्रयाेग गर्ने हाे । विदेशमा सिकेर देश निर्माण गर्न लाग्नुपर्‍याे । ’

अध्यक्ष तिमिल्सिनाले देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढाउने कुरामा युवाहरू दृढ अठोटका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार