श्रावण ७, २०८२ बुधबार July 23, 2025

पाटन अस्पतालमा स्तन क्यान्सरको निःशुल्क औषधि वितरण सुरु

खरीद गर्नु पर्दा यो औषधिको मूल्य २१ दिनको नै एक लाख भन्दा बढी पर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन क्यान्सर रोगको औषधि निःशुल्क वितरण गर्ने भएको छ।

अस्पतालका मेडिकल अङ्कोलोजिष्ट डा. अरुण शाहीले स्तन क्यान्सरको मेटास्टेटिक अवस्था अर्थात् (चौथो स्टेज) को हर्मोन पोजेटिभ भएका बिरामीका लागि राइबोसिक्लिव र लेट्रोजोल भन्ने ट्यावेलट अबदेखि निःशुल्क उपलब्ध गराइने बताए।

उनले भने, ‘यी औषधिहरू मेटास्टेटिक अवस्थामा पुगेका बिरामीका लागि अत्यन्तै प्रभावकारी हुन्छ। औषधि विश्वस्तरीय ब्राण्डको हो। युएसएफडीए मान्यता प्राप्त यो औषधि युरोप अमेरिकामा पहिलो रोजाईमा पर्दछ।’

डा.शाहीले यो एक किसिमको टार्गेटेड थेरापी रहेको भन्दै क्यान्सर उपचारमा प्रयोग हुने किमोथेरापीको विकल्पमा यो औषधि आएको बताए।

म्याक्सले पाटनमा वितरण गरेका अरु क्यान्सरका औषधिहरू चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट पनि निःशुल्क उपलव्ध हुने गरेको छ। तर पछिल्लो पटक आएको स्तन क्यान्सरको यो औषधि पाटनमा मात्रै उपलब्ध रहेको उनले बताए।

उनले यो औषधि महिनामा २१ दिन प्रयोग गर्नुपर्ने बताए। उनले भने ‘यो औषधि महिनाको २१ दिन प्रयोग गर्नुपर्छ फेरी एक हप्ता छोड्ने र फेरी अर्को महिना २१ दिन सेवन गर्ने गर्नुपर्छ।’

खरीद गर्नु पर्दा यो औषधिको मूल्य २१ दिनको नै एक लाख भन्दा बढी पर्ने उनको भनाइ छ।

यसअघि पाटन अस्पतपालले फोक्सोको केही प्रकारको क्यान्सर, रगतको क्यान्सर, पेटको एक किसिमको क्यान्सर र मिर्गौला लगायतको क्यान्सरबाट गम्भीर अवस्थामा पुगेकाहरूका लागि ‘टार्गेटेड थेरापी’ अन्तर्गत विश्वस्तरीय औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया