श्रावण ७, २०८२ बुधबार July 23, 2025

छातीमा समस्या भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ । उहाँको निजी सचिवालयका अनुसार मङ्गलवार राति छातीमा असहज महसुस भएपछि गृहमन्त्री श्रेष्ठलाई शहीद गङ्गालाल हृदयरोग केन्द्रमा लगिएको हो ।

अस्पतालमा गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ । सचिवालयका अनुसार उहाँको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो ।

यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको सचिवालयले जनाएको छ ।

अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको सचिवालयले जानकारी दिएको छ । गृहमन्त्री श्रेष्ठ मङ्गलवार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा सहभागी हुनुहुन्थ्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया