श्रावण ७, २०८२ बुधबार July 23, 2025

इजरायलले बम खसाल्ने त्रासले बढ्यो गाज्योः हमासका बन्दीहरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेल अहिब, २० मंशिर । पूर्व इजरायली बन्दीहरूले इजरायली सेनाले बम खसाल्ने भयमा बाँचेको बताएका छन् ।

पूर्व इजरायली बन्दीहरूले नेतन्याहूलाई इजरायलको युद्ध मन्त्रिपरिषद्सँगको तनावपूर्ण बैठकमा हमासको सुरुङमा इजरायली आक्रमणबाट मारिने डर लागेको बताएका छन् ।

इजरायली मिडियाका अनुसार भर्खरै रिहा भएका एक जना बन्दीले बैठकमा हमासको भन्दा बढी इजरायली हमलाको डर लागेको बताएका हुन् ।

“बन्दीमा रहेका हरेक दिन अत्यन्तै चुनौतीपूर्ण थियो। हामी सुरुङमा थियौं डरले कि यो हमास होइन, इजरायल हो, जसले हामीलाई मार्नेछ।’

अर्का पूर्व बन्दीले समुद्री पानीले सुरुङमा बाढी ल्याउने इजरायलको रिपोर्ट गरिएको योजनाको बारेमा चिन्ता व्यक्त गरेको थियो ।

‘तपाईं (इजरायल) बन्दीहरूे बसेको ठाउँमा सुरुङ मार्गहरूमा बम विष्फोट गर्दै हुनुहुन्छ, यो रोक्नुहोस मेरा पति अझै हमासको नियन्त्रणमा छन’ उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया