फागुण १३, २०८० आइतबार February 25, 2024

सुनको मूल्य सामान्य बृद्धी, चाँदी कति पुग्यो ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि आएको जनाएको छ । महासङ्घले आजको मूल्य सूची कायम गर्दै हिजो बुधवारको तुलनामा २०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ कायम छ । हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम भएको जनाएको छ । जुन, हिजो बुधवार १४ सय ८० रुपैयाँमा कारोबार भएको थियो । यो २० रुपैयाँको गिरावट हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया