श्रावण ७, २०८२ बुधबार July 23, 2025

पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी बुधबार रिहा हुनु भएको छ ।

मानवता विरुद्धको अपराधमा उहाँले २५ वर्षे जेल सजाय भोगिरहनु भएको थियो । संवैधानिक अदालतले मङ्गलबार “तत्काल रिहा” आदेश जारी गरेपछि उहाँ जेलमुक्त हुनु भएको हो ।

फुजिमोरी साँझ ६ः३० बजे लिमाको एटे जिल्लास्थित बार्बाडिलो कारागारबाट बाहिर निस्किनु भएको हो । रिहाइपछि उहाँले परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरीले भेट्नु भएको थियो ।

केही समय अघि नेसनल पेनिटेन्शियरी इन्स्टिच्युटले सामाजिक सञ्जाल मार्फत उहाँको रिहाइको प्रक्रिया अगाडि बढेको जनाएको थियो ।सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया