श्रावण १२, २०८१ शनिबार July 27, 2024

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

कारोबारका आधारमा नेपाल पुनः बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५२ दशमलव ७७ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५८ अङ्कले उकालो लागेर तीन सय ५२ दशमलव २८ मा पुगेको छ । कूल ९५ लाख पाँच हजार छ सय आठ कित्ता शेयर  दुई अर्ब ७९ करोढ ९१ लाख ४६ हजार चार सय ३३ मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पुनः बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो कम्पनीको रु ८६ करोड ८३ लाख ७८ हजार एक सय बराबरको कारोबार भयो । सिटिजन लाइफ इन्स्योरेन्स नौ करोड ५४ लाख ६८ हजार सात सय ९६, सोनापुर मिनरल्स नौ करोड २७ लाख ६१ हजार तीन सय ६८, माउण्टेन इनर्जी आठ करोड ७६ हजार २८ हजार छ सय ४२ र ग्लोबल आइएमई बैंकको संस्थापक शेयर आठ करोड बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा छ ।

त्रिशूली जलविद्युत कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त नौ दशमलव ९७, सिवाइसी नेपाल लघुवित्त नौ दशमलव ९१, नवील ब्यालेन्स फण्ड दोस्रो नौ दशमलव ४८ र आशा लघुवित्तका लगानीकर्ताले सात दशमलव शून्य पाँच प्रतिशतले कमाएका छन् । यस्तै ग्लोबल आइएमई लघुवित्त सात दशमलव ८१, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलव ४१, विजय लघुवित्त पाँच दशमलव १९, मेछ्यान हाइड्रोपावर दुई दशमलव ९२ र सिटिजन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले दुई दशमलव ९० प्रतिशतले गुमाएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार