श्रावण १२, २०८१ शनिबार July 27, 2024

मोहन वैद्य भन्छन् : सत्ता, व्यवस्था र राजनीतिक दलहरु असफल भए, अब अस्थायी संयुक्त सरकार गठन गरौं

अब बन्ने अस्थायी सरकार भने क्रान्तिकारीबिच ध्रुवीकृत गरी बनाउनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्यले अस्थायी संयुक्त सरकार गठनको प्रस्ताव गरेका छन् । उनले अहिलेको सत्ता, व्यवस्था र राजनीतिक दलहरु असफल भएको दाबीसमेत गरेका छन् ।

आज (बिहीबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको संसदीय व्यवस्था असफल भएको भन्दै तत्काल अस्थायी संयुक्त सरकार गठन गर्नुपर्ने आवश्यकत्ता औंल्याएका हुन् । तर, अब बन्ने अस्थायी सरकार भने क्रान्तिकारीबिच ध्रुवीकृत गरी बनाउनुपर्ने उनको धारणा छ ।

उनले भने,‘जनजीविकाको विषयमा सरकारले काम गर्न सकेन । सत्ता, व्यवस्था, राजनीतिक दल असफल भयो । जनतामा चरम वितृष्णा बढ्दै गएको छ, अहिले दलहरू मिसन ८४ मा लागेका छन् । उनीहरू आ–आफ्नो स्वार्थमा लागेका छन् । विभिन्न विकल्प आएका छन् । ती विकल्पले काम गर्दैन ।’

यसअघि आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि तत्काल अहिलेको सरकार विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेका थिए । साहले त संविधान दिवसकै दिन संविधानको अन्त्येष्टि भन्दै शव–यात्रा समेत निकालेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार