माघ ५, २०८१ शनिबार January 18, 2025

सुनको मूल्य २०० रुपैयाँले बढ्यो

कतिमा हुँदैछ कारोवार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २०० रुपैयाँ बढेर छापावाल सुन तोलामा १ लाख १८ हजार ८०० रुपैयाँमा र तेजाबी सुन तोलामा १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज स्थिर रहेर तोलामा २ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया