श्रावण १२, २०८१ शनिबार July 27, 2024

सरकारले बिकासको काममा ध्यान केन्द्रित गर्न सकेन : ओली

टोखा छहरे सुरुङमार्ग लगाएत रेलमार्गका बिषयमा एमाले सरकारले छलफल सुरु गरेपनि अहिले बिलम्व भएको जिकिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले बिकासको काममा ध्यान केन्द्रीत गर्न नसकेको आरोप लगाएका छन्।

झुलाघाट-चिवाभञ्ज्याङ यात्रा अन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले बिकासका धेरै कामको सुरुवात गरेपनि वर्तमान सरकारले बिकासको काममा ध्यान केन्द्रीत गर्न नसेकेको आरोप लगाएका हुन्।

सरकारले बिकासको काममा ध्यान केन्द्रित गर्न सकेन : ओली

उनले टोखा छहरे सुरुङमार्ग लगाएत रेलमार्गका बिषयमा एमाले सरकारले छलफल सुरु गरेपनि अहिले बिलम्व भएको जिकिर गरे। ओलीले एमाले सरकारमा नभएपछि बिकास निर्माणमा ढिलासुस्ती हुनु स्वभाविक भएको बताए।

उनले नेपाल स्वाधिन स्वतन्त्र देश भएकाले आफैले त्यसको सम्मान गर्नसक्नुपर्नेमा जोड दिए। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएपनि बिमान उठाउन सरकार डराइरहेको उनले बताए। ओलीले नेपालका हितका लागि छिमेकी जुनसुकै राष्ट्रले गर्ने सहयोग लिनुपर्ने धारणा राखे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार