असार २१, २०८२ शनिबार July 5, 2025

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

अभियानबारे थप निर्णय लिन तथा माघ ११ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनबारे पनि छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।

जसपाले गत भदौ महिनादेखि सञ्चालन गरेको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्न कार्यकारिणी समितिको बैठक बोलाएको हो।

बैठक अहिले बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने जसपाका प्रवक्ता प्रकाश अधिकारीले बताए।

बैठकमा अभियानबारे थप निर्णय लिन तथा माघ ११ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनबारे पनि छलफल हुने छ। त्यस्तै केन्द्रीय समितिको बैठक लगायतका एजेण्डामा आजको बैठक केन्द्रित हुने बताइएको छ।

तीनमहिने अभियानको क्रममा जसपाले सबैजसो प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार