श्रावण १२, २०८१ शनिबार July 27, 2024

राप्रपा नेपालको केन्द्रिय समिति बैठक आज पनि बस्ने

राजावादीहरु बिचमा मोर्चाबन्दी गर्ने निर्णय पारित हुदैँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक आज पनि जारी रहनेछ  ।

काठमाडौंमा हिजो देखी जारी बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिबेदन प्रस्तुत गरेका छन । उनले आफनो राजनीतिक प्रस्तावमार्फत राजावादी पार्टी, संगठन र संघ संस्थाका बिचमा मोर्चाबन्दी गर्नुपर्नेमा जोड गरेका छन ।

उक्त जारी बैठकमा महामन्त्री राजाराम बर्तौलाले सांगठानिक र  कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका छन ।

पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत प्रतिबेदनमा ‘भ्रष्ट ब्यबस्थाको अन्त्य, संबैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण’ नामक  राजनितिक कार्यपत्र प्रस्तुत गरेका हुन ।

आज सम्पन्न हुने केन्द्रीय समिती बैठकको छलफल पश्चात् मोर्चा निर्माण र आन्दोलनको तयारी बारेमा महत्त्वपूर्ण निर्णय हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

हिजो देखी सुरु भई दुई दिनसम्म सञ्चाललन हुने केन्द्रिय समिती बैठक आज दिउँसो काठमाडौं उपत्यका भेलामार्फत निर्णयहरु सार्बजनिक गरेर सम्पन्न हुने बताईएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार