श्रावण १२, २०८१ शनिबार July 27, 2024

एकीकृत समाजवादी काठमाडौंको सचिवालय बैठक सम्पन्न

आउँदो ३० मंसिरमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काठमाडौं जिल्ला कमिटीको सचिवालय बैठक लैनचौरमा सम्पन्न भएको छ । जिल्ला कमिटीका अध्यक्ष एलपी श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो बैठकले काठमाडौंमा बसोबास भएका केन्द्रीय सदस्य एवं निकायका सदस्य र आयोगका सदस्यहरूसंग आउँदो ३० मंसिरमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

यसैगरी काठमाडौंमा बसोबास गर्ने केन्द्रीय परिषद एवं बागमती प्रदेश कमिटी सदस्य र बिभागका सदस्यहरूसंग ७ पुसमा र सम्पर्क मञ्चका पदाधिकारीसंग १४ पुसमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको एकीकृत समाजवादी काठमाडौंका प्रचार विभाग प्रमुख एवं प्रवक्ता कृतु भण्डारीले बताईन् ।

यसैगरी क्षेत्रीय समन्वय कमिटीहरुको बैठक, काठमाडौं महानगर कमिटी, नगर कमिटीको, स्थानीय एवं संघीय जनप्रतिनिधि र निर्वाचनमा उम्मेदवार भएकाको बैठक गर्ने निर्णय भएको छ । यस्तै जिल्ला स्तरीय जबसका बैठक समेत बस्ने निर्णय भएको छ । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा काठमाण्डौं जिल्ला कमिटीका सह–ईन्चार्ज कुसुम कुमार कार्कीले तयार पारेको नागरिकका एजेन्डा र आगामी कार्यभार ’bout विशेष छलफल चलाउने निर्णय भएको छ ।

पार्टी सदस्यता नविकरण तथा बितरण अभियानको रुपमा अगाडी बढाउँनुका साथै जिल्ला स्थित समाजवादी मोर्चाको बैठक र एजेण्डाको ’boutमा समेत बैठकमा छलफल भएको छ ।

बैठकमा पार्टीका उप–महासचिव तथा बागमति प्रदेशका ईन्चार्ज गंगालाल तुलाधर, स्थायी कमिटीका सदस्य तथा बागमति प्रदेश अध्यक्ष साबित्रा भुषाल, पोलिटब्युरो सदस्य एवं बागमति प्रदेश सभा सदस्य तथा काठमाण्डौं ईन्चार्ज वसन्त मानन्धर, सहइन्चार्ज एवं पोलिटव्यूरो सदस्य प्रभा बज्राचार्य, गोपाल बराल, टहल खड्का, केन्द्रीय सदस्यहरु कुसुम कुमार कार्की, मिना ज्ञावली, शिव कुमारी खनाल, गंभिरलाल श्रेष्ठ लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार