श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेपाल, भारत, चीनसहित १ सय ५३ देश गाजामा तत्काल युद्धविरामको पक्षमा उभिए

बहुसंख्यक एक सय ५३ देशले पक्षमा मतदान गर्दा विपक्षमा जम्मा १० मत मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयक्त राष्ट्रसंघको महासभाले गाजा क्षेत्रमा तत्कालै युद्धविराम गर्ने मागमा मतदान गरेको छ । बहुसंख्यक एक सय ५३ देशले पक्षमा मतदान गर्दा विपक्षमा जम्मा १० मत परेको छ।

राष्ट्र संघीय महासभामा मंगलबार मतदान हुँदा नेपाल, भारत, चीनसहित एक सय ५३ देश गाजामा तत्काल युद्धविरामको पक्षमा उभिएका हुन् । दश राष्ट्रले विपक्षमा मत दिँदा २३ देशले मतदान नै गरेनन् । प्यालेस्टिनी प्रतिनिधिले यो मतदानलाई ऐतिहासिक भनेका छन् । इजरायली राजदूतले भने युद्धविरामको पक्षमा देखिएको समर्थनलाई घृणित प्रयासको संज्ञा दिए ।

अमेरिकाले पनि युद्धविरामले हमासलाई मात्र लाभ हुने भएको भन्दै प्रस्तावको विपक्षमा मतदान गरेको छ । तर अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली अन्धाधुन्ध बम वर्षामा धेरै प्योलेस्टिनीको ज्यान गएकोले इजरायलप्रति अन्तर्राष्ट्रिय समर्थन कमजोर हुँदै गएको बताएका छन् ।

अमेरिकाले १५ सदस्यीय सुरक्षा परिषद्को यस्तै प्रस्तावमा पनि गत साता विशेषाधिकार प्रयोग गरी विफल तुल्याएको थियो ।

राष्ट्रसंघीय महासभाले युद्धविरामको पक्षमा गरेको मतदान प्रस्ताव बाध्यात्मक नभए पनि इजरायलको कदमको विपक्षमा बहुसंख्यक विश्व जनमत छ भन्ने देखाएको छ।

इजरायली हमलामा बालबालिकासहित अहिलेसम्म अठार हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको छ । ५० हजार घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयलले जनाएको छ । हमासको आक्रमणमा १२ सय इजरायलीको ज्यान गएको छ । उसको नियन्त्रणमा एक सय ४० बन्धक छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया