श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सूदुरपश्चिममा एचआइभी सङ्क्रमण रोकथाममा सुधार हुँदै

एचआइभी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा कमी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एचआइभी एड्सका बारेमा जनचेतना अभिवृद्धि भएसँगै पहिलेको तुलनामा यो रोगको रोकथाममा उल्लेखनीय सुधार भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

एचआइभी एड्स लागिसकेपछि पूर्णरुपमा निको नहुने भए पनि नियमित रुपमा औषधि खाने सङ्क्रमितको बाँच्ने उमेर बढाउने सकिने स्वास्थ्यकर्मीको भनाइ छ ।

स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ट अधिकृत मनोज ओझाले विगतभन्दा सङ्क्रमित समाजमा खुलेर आउने गरेको र जनचेतना पनि अभिवृद्धि हुँदै जाँदा यो रोगको रोकथाममा सुधार हुँदैगएको बताए । उनले भने, “औषधिको अभाव देखिने पहिलेको जस्तो समस्या हाल छैन, सबै ठाउँमा जाँच गर्न नपाउने उतिबेलाको जस्तो समस्या पनि हटेर गएको छ, औषधि पनि अहिले सबैतिर पर्याप्त छ ।”

सन् २०१० को तुलनामा एचआइभी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । सुदूरपश्चिम प्रदेशमा हाल सरकारी निकायका १७ ठाउँमा र गैरसरकारीका चार ठाउँबाट शङ्कास्पद एचआइभी सङ्क्रमितको जाँच हुने गरेको छ । यस्तै सङ्क्रमितलाई दैनिक औषधि खुवाउनका लागि १७ ठाउँमा एआरबि सेन्टर सञ्चालनमा छन् ।

सङ्क्रमितले हरेक दिन औषधि खानुपर्छ । पछिलो तथ्याङ्क (२०७९र८०) का अनुसार सुदूरपश्चिममा एचआईभीबाट सङ्क्रमित भएको अनुमान गरिएका पाँच हजार एकसय ९० मध्ये चार हजार सात सय १७ जनामा एचआइभी सङ्क्रमण पत्ता लागेको छ ।

तीन हजार छ सय २३ जनाले एआरबि (एन्टिरेक्टो भाइरल) औषधि खाइरहेका छन् भने दुई हजार आठसय ६३ जनाको ‘भाइरल लोड सुप्रेस’को अवस्था छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आसुतोष श्रेष्ठले भने,“यो रोगको उपचार हुँदैन, नियन्त्रण मात्र गर्न सकिन्छ, पहिलेको भन्दा प्रभावकारी औषधि बनेकाले यो रोग नियन्त्रणमा टेवा पुगिरहेको छ ।”

सरकारले समुदायको नेतृत्वमा यो रोग अन्त्य गर्ने लक्ष्य लिएको छ । रोकथामका लागि अघि सारिएको रणनीतिअनुसार यो रोगको अन्त्य गर्नको लागि ‘९५ प्रतिशत, ९५ प्रतिशत, ९५प्रतिशत’ अभियान सञ्चालन गरेको छ ।

सन् २०३० सम्म एड्सलाई अन्त्य गर्नको लागि राष्ट्रिय एचआईभी रणनीति योजना२०२१–२०२६अघि सारिएको छ । सुईद्वारा लागुपदार्थको प्रयोग गर्ने, असुरक्षित यौन सम्पर्क गर्नेहरु यो रोग सङ्क्रमणको बढी जोखिममा रहने गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार