श्रावण ६, २०८२ मंगलबार July 22, 2025

स्वास्थ्य बिमा गर्नेलाई अबदेखी तीन महिनाको औषधी निशुल्क

औषधी सेवन गरिरहेका बिरामीले अब तीन महिनाको औषधी एकै पटक पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्वास्थ्य बिमामार्फत औषधी सेवन गरिरहेका बिरामीले अब तीन महिनाको औषधी एकै पटक पाउने भएका छन् । यसअघि स्वास्थ्य बिमामार्फत नियमित औषधी सेवन गरिरहेका बिरामीले एक महिनाको मात्र औषधी पाउने गर्थे । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त भएपछि बसेको पहिलो बैठकले दीर्घरोगी बिरामीले एक महिनाका लागि मात्र औषधी पाउने गरेकामा अबदेखि तीन महिनाका लागि औषधी पाउने निर्णय गरेको हो ।

एक महिनाको मात्र औषधी पाउँदा दुर्गम जिल्लाबाट स्वास्थ्य बिमाबापत औषधी लिइरहेका बिरामी समस्यामा परेका थिए । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बिरामीको समस्यालाई ध्यानमा राखी तीन महिनालाई पुग्ने औषधी एकै पटक दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

डा. लोहनीले योसहित विभिन्न आठबुँदे निर्णय पनि गरिएको बताउनुभयो । बोर्डका अध्यक्ष लोहनीले बैठकले दाबी भुक्तानीलाई चुस्त बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले बिमितले पाउने सुविधाको थैलीमा पर्ने औषधीको मूल्य समायोजनको कार्यलाई अघि बढाउने निर्णय गरेको बताउनुभयो । औषधीको शुल्क तीन वर्षमा समायोजन गर्ने भनिए पनि अहिलेसम्म गरिएको थिएन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार